काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको पुनर्स्थापना गरेर न्यायालयले न्याय गरेको बताएका छन् । प्रतिनिधि सभाको अन्तिम बैठकमा समापन मन्तव्य राख्दै देउवाले पुनर्स्थापित संसद्बाट जनताको पक्षमा काम गर्न सकिएको बताएका हुन् ।
‘हुन त प्रतिपक्षी दलको नेताले संसद् नै परमादेशको सरकार भन्नु हुनेछ, परमादेशले नै हामीलाई भेट गर्ने मौका दिएको छ । न्यायालयले न्याय गरेको छ’, देउवाले भने ।
संसद्मा संक्षिप्त मन्तव्य राखेका देउवाले मंसिरमा चुनाव गर्ने प्रतिबद्धता जनाए । संसद्मा नेताहरूले समापन मन्तव्य राखिरहेका छन् ।
संवाददाता । शनिबार, असोज ०१, २०७९ मा प्रकाशित