Karnali Media
२०८३ जेठ २६ , मंगलबार

शेरबहादुरजी, तपाईंले पनि प्रतिगमन गर्नुभयो : ओली



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको भन्दै कटाक्ष गरेका छन् । संसद् विघटन गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले व्यङ्ग्य गरेपछि त्यसको जवाफमा सरकारले निर्वाचन घोषणा गरेर अर्को प्रतिगमन गरेको भन्दै जवाफ फर्काएका हुन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो । प्रतिगमन कहाँबाट आउँथ्यो ? ।


ओलीले संसद् विघटनको आफ्नो कदमको बचाऊ गर्दै संविधानमा पाँचै वर्ष भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरे । उनले भने, ‘यस्ता भ्रम फिँजाउन वाञ्छनीय हुँदैन । कुन संविधान पढेर आएर बहस गर्नुहुन्छ ?’

ओलीले देउवा प्रतिपक्षीको दलको नेता हुँदा प्रमुख प्रतिपक्षी दलले पहिले बोल्न पाउनुपर्छ भनेर आन्दोलन गरेको स्मरण गराउँदै आफूलाई पहिले बोल्न नदिएकोमा आपत्ति समेत जनाए ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार