सुर्खेत । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ।
वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएको प्रभातफेरी कार्यक्रमको अहिले सुर्खेत सभाहलमा विशेष कार्यक्रम गरिदै छ।
दिवसका अवसरमा सोमबार सुर्खेतमा संविधान दिवस मुल समारोह समितीले गरेको कार्यक्रममा प्रदेश सरकारका प्रमुख तथा प्रतिनिधि, मन्त्री, जनप्रतिनिधि, विभिन्न शाखाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रतिनिधि र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहभागीता रहेको थियो।
संवाददाता । सोमबार, असोज ०३, २०७९ मा प्रकाशित