सुर्खेत । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ।
वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएको प्रभातफेरी कार्यक्रमको सुर्खेत सभाहलमा विशेष कार्यक्रम गरिएको थियो। कार्यक्रममा शुभकामना दिदै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपालको संविधान अधिकारको रुपमा विश्वको उत्कृष्ट संविधानमा पर्ने बताए। यद्यपि संघीय निजामती सेवा ऐन नआउदा भने कर्मचारीहरु समस्यामा भएको र यो आगामी सांसदले बनाउनेमा उनले विश्वास लिए।
संविधानको कार्यान्वयनको लागि देशमा आर्थिक विकासको जरुरी भएको र यसको लागि राज्यको समृद्धिमा तिनै तहका सरकार, नागरिक, मिडियाकर्मी लगायतको महत्वपूर्ण भुमिका हुने बताए ।
दिवसका अवसरमा सोमबार सुर्खेतमा संविधान दिवस मुल समारोह समितीले गरेको कार्यक्रममा प्रदेश सरकारका प्रमुख तथा प्रतिनिधि, मन्त्री, जनप्रतिनिधि, विभिन्न शाखाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रतिनिधि र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहभागीता रहेको थियो कार्यक्रममा विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन समेत गरिएको थियो।
संवाददाता । सोमबार, असोज ०३, २०७९ मा प्रकाशित