काठमाडौं । मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको छ । आजको बैठकमा दलहरूबीच सबै सिटमा भागबण्डा मिल्ने दाबी गरिएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
सरकारका प्रवक्तासमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले छलफल सहमति नजिक पुगेकाले आजको बैठकबाट सहमति हुने दाबी गरेका छन् । १ सय ६५ सिटमा ८० प्रतिशतमा सहमति नजिक पुगेको उनको भनाइ छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, असोज ०५, २०७९ मा प्रकाशित