Karnali Media
२०८३ असार १ , सोमबार

वीरेन्द्रनगरमा अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता



सुर्खेत । सैनिक आवासीय महाविद्यालय द्वारा आयोजित अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता – २०७९ को उद्घाटन गरिएको छ। बुधबार नेपाली सेना पश्चिम कमाण्डका निमित्त कमाण्ड सेनापति सहायक रथी टंक प्रसाद भट्टले प्रतियोगिताको समुद्घाटन र शुभकामना मन्तव्य राख्दै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्ने, शारीरिक तन्दुरुस्त हुन टेवा पुग्ने हुनाले यो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए।

उद्घाटन कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल प्रेम बहादुर विश्वकर्माले स्वागत मन्तब्य राख्दै खेलको महत्व र आवश्यकतामा जोड दिँएका थिए। कार्यक्रमको संचालन अतिरिक्त शैक्षिक क्रियाकलाप विभाग प्रमुख बेतेन्द्र कुमार दहाल गरेका थिए। प्रतियोगीता यहि असोज ८ गते शनिबार समापन हुनेछ।महाविद्यालयका विद्यार्थीहरूकोको सांस्कृतिक प्रस्तुतिसहित उद्घाटन भएको कार्यक्रमको पहिलो खेल सैनिक आवासीय महाविद्यालय ‘ए’ र आदर्शराज मेमोरियल सेकेण्डरी स्कुल बीच भएको थियो । नक आउट प्रणालीमा सञ्चालित उक्त खेलमा ७-० को फराकिलो अन्तरसहित सैनिक आवासीय महाविद्यालय ‘ए’ ले जित हाँसिल गरेको छ। जसमा महाविद्यालयका शुशिल वलीले सर्वाधिक ४ गोल गरे ।यस्तै, दोस्रो खेल भ्याली मेरिडिन स्कुल र एस्ओएस् हर्मन माइनर स्कुल बिच सम्पन्न भएको थियो । उक्त खेलमा एस्ओएस् हर्मन माइनर स्कुलले २-१ गोलसहित जित हाँसिल गर्न सफल भयो। तेस्रो खेल उषा बालबाटिका स्कुल र इन्टरनेश्नल को-अपरेटिभ एकेडेमीबिच सम्पन्न खेलमा उषा बालबाटिका स्कुलले ट्राइ ब्रेकरमा ४-२ गोलसहित जित हाँसिल गर्न सफल भयो।


चौथो खेल साउथ एसियन स्कोलार्स एकेडेमी र इगरब्रिज स्कुल बिच सम्पन्न भएको थियो । उक्त खेलमा इगरब्रिज स्कुलले ३-० गोलसहित जित हाँसिल गरेको थियो।यस्तै आज सैनिक आवासीय महाविद्यालय सुर्खेत ‘ए’ र जन नमूना मा.वि. सुर्खेत बिच पाँचौ खेल र एस्ओएस् हर्मन माइनर स्कुल तथा कोपिला भ्याली स्कुल बिच छैठौँ खेल बिहान ७:१५ बजेदेखि तथा साँझ ३ बजेदेखि उषा बालबाटिका स्कुल र श्रीकृष्ण संस्कृत तथा साधारण मा.वि. स्कुल बिच सातौँ खेल तथा इगरब्रिज स्कुल र सैनिक आवासीय महाविद्यालय ‘बी’ बिच आठौँ खेल हुनेछ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहीबार