दैलेख । जिल्लाको नारायण नगरपालिकाबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बेलुका साढे पाँच बजेको समयमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोलीले नारायण नगरपालिका वडा नं. २ कुसाडा बस्ने एक जना युवकलाई २९० मिलिग्राम लागूऔषध(ब्राउनसुगर) जस्तो देखिने कालो धुलो पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
साथै अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले प्रहरीको भनाई छ।
संवाददाता । बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित