दैलेख । दैलेखमा मोटरसाइकल चोरी गर्ने चार जनालाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ।
बिहिबार बिहान तीन बजेको समयमा दैलेखको गुँरास गाँउपालिका वडा नं. १ पातल खोला स्थित घरबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ४ र ८ बस्ने ४ जना अभियुक्तहरुलाई २ वटा मोटरसाइकल (कर्णाली प्रदेश ००१ प २०९ , लु ८० प २०१८) चोरी गरी लिदै गरेको र निजहरु चढि आएको (भे.४ प ८५८३, लु ८० प १९३५) नम्बरको मोटरसाइकल तथा चार जना अभियुक्तहरुलाई स्थानिय ब्यक्तिहरुको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान कार्य भईरहेको जनाएको छ।
संवाददाता । बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित