सुर्खेत । कर्णाली प्रदेश प्रहरीले ठुला चाड पर्वहरु नजिकिएसँगै हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न ४ हजारभन्दा धेरै प्रहरी खटाइएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुन सक्ने अपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर ४ हजार एक सय ४१ जना प्रहरी जनशक्ति खटाईएको जनाएको हो । चाडपर्वको अवसरमा हुन सक्ने अपराधिक गतिविधीहरुको शंकास्पद सम्भावित स्थानमा पहिचान गरी त्यस्ता स्थानहरुमा तालिम प्राप्त म्यन सहित चेकिङको व्यवस्था गरिने छ।
प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १२५ वटा नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ। ट्राफिक सहितको संयुक्त रुपमा ५३ स्थानमा आकस्मिक चेकिङ, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधी नियन्त्रण गर्न १८ स्थानमा चेकिङ गरिने छ ।
त्यसैगरी, झै–झगडा, जुवा तास, चोरी लुटपाट, मा.प.से.नियन्त्रणका लागि ८६ स्थानमा चेकिङ हुने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ।
सम्पतिको सुरक्षा, जनधनको सुरक्षा उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्ग एवं जेष्ठ, नागरिकको सुरक्षाको अधिकारलाई सुनिश्चित गर्न प्रहरी सतत्पर रहेको कार्ययोजनामा भनिएको छ । चाडपर्वको समयमा गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवा तास लगायतका अपराधिक घटनाहरु हुन सक्नेतर्फ प्रहरी सचेत रहेको पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।
असोज ९ गतेदेखि लागु हुने कार्ययोजनामा भनिएको छ, “कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनिय र सुदृढ बनाई आम नागरिगको जनजीवन सामान्य तुल्याउन बैक तथा वित्तिय संघसंस्थाहरुमा हुने कारोबार सुरक्षित गराउन, बिभिन्न गन्तव्य सम्म जाने यात्रुहरु समेत लाई पुर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी यस प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लाहरुमासुरक्षा योजना बनाई लागु गरिएको छ ।”
चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवान्छित/अपराधिक क्रियाकलापहरु रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चार्डपर्व मनाउने विश्व सनीय वातावरण निर्माण गर्न कार्ययोजना तयार गरिएको हो ।
संवाददाता । आइतबार, असोज ०९, २०७९ मा प्रकाशित