Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेतमा विश्व फार्मासिस्ट दिवसको अवसरमा विविध कार्यक्रम



सुर्खेत । नेपाल फार्मेसी संघ कर्णाली प्रदेशले विश्व फार्मासिस्ट दिवसको अवसरमा सुर्खेतमा विभिन्न कार्यक्रम गरि मनाएको छ।

वीरेन्द्रनगरको मंगलगढी चौकबाट पिपल चौतरा सम्म र्याली निकाली कोणसभा गरिएको थितो। र्यालिमा प्रदेश औषधि व्यवस्था विभागको स्थापना,’अवैध औषधि पसल बन्द गरौ’, ‘औषधिको समुचित प्रयोग गरौं’, ‘फार्मासिस्टको सल्लाह बाट मात्र औषधिको प्रयोग गरौ’, जस्ता नाराहरु र पम्पलेटहरुले ध्यानाकर्षण गराईएको थियो।


साथै, अनाथ बालबालिकाको संरक्षण गरिरहेको साझा घर नेपाललाइ खाध्यन्न तथा हाईजिनिक किड हस्तान्तरण गरेको नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति सुर्खेतका सचीव ललित सुनारले जानकारी दिए। यस्तै आज साझ ६ बजे बिरेन्द्रचोकमा दिप प्रज्वलन पनि रहेको छ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतबार