Karnali Media
२०८३ साउन ३ , आइतबार

वीरेन्द्रनगरबाट लागूऔषध सहित एक जना पक्राउ



सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय ललित खत्री रहेका छन्।

सोमबार वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ पदमपुरमा लागूऔषध कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको सयुक्त टोलीले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ।


शंकास्पद अवस्थामा फेलापारी सोधपुछ गरी खानतलासी गर्दा निजको साथबाट १६० मि.ग्रा. र प्लाष्टिक बाहेक शुद्ध ८० मि.ग्रा. लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमबार