काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच भोलि एकीकरण घोषणासभा हुने भएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुने’ जानकारी दिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनले राप्रपामा मिश्रको पद के हुने भन्ने खुलाएका छैनन् । “नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो,” श्रेष्ठले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, “राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुनेछ ।”
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित