सल्यानमा शनिबार जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरको दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जिप बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा नजिकै दुर्घटना भएको हो।
जीप दुर्घटना हुदा कुमाख गाउँपालिका ७ डुमकोटका अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र करिव १४ वर्षीया यनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घाइते कति छन् भन्ने एकिन भएको छैन । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
मृतक र घाइते सबै खैरावाङ मन्दिर दर्शनका लागि जान लागेका थिए । प्रशिद्ध खैरावाङ मन्दिर नेपालका शक्तिपिठमध्ये हो । मन्दिरमा दशैको अवसरमा विशेष पुजा आरधना लाग्ने गर्दछ ।
संवाददाता । शनिबार, असोज १५, २०७९ मा प्रकाशित