दैलेख । दैलेखको लोहोरे खोलामा करेन्ट लगाई माछा मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। आईतबार उनिहरुलाई खोलामा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
दैलेख जिल्लाको विभिन्न खोला तथा नदिहरुमा करेन्ट लगाई, बिष्पोटक पदार्थ तथा बिषालु पदार्थको प्रयोग गरी माछा मार्ने गरेको स्थानिय व्यक्तिहरुको जन गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट आज खटिई गएको प्रहरीको टोलीले नारायण नगरपालिका-९ बासकोट स्थित लोहोरे खोलामा बिद्युतिय धार (करेन्ट) बाट माछा मारीरहेको अबस्थामा दैलेखको डुङ्गेश्वर गाँउपालिका २ बस्ने बर्ष १७ का लक्ष्मण तिरुवा, डुङ्गेश्वर गाँउपालिका १ बस्ने बर्ष १९ को राजन थापा मगर र बर्ष १८ का मनोज गाहा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
उनीहरुको साथबाट १२ भोल्टको १ थान ब्यट्री, पावर ईन्भट, २ थान जाल, माछा राख्ने कोर्की, बासको टाङ्गा लाठी र माछा अन्दाजि ७ के.जी. बरामद गरी “जलचर संरक्षण ऐन २०१७” विपरितको कार्य गरेकोले निजहरुलाई र बरामद गरिएका सामानहरु समेत आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय दैलेखमा पेश गरिएको छ।
संवाददाता । आइतबार, असोज १६, २०७९ मा प्रकाशित