सुर्खेत । केही दिन यता लगातार परेको वर्षाका कारण वीरेन्द्रनगर उपत्यकाको अधिकांश क्षेत्र जलमग्न भएको छन ।
वीरेन्द्रनगरमा रहेका स-साना खोलाहरुमा पनि पानीको बहाव बढेको छ । उपत्यकाको तल्लो तटिय क्षेत्र पनि उच्च जोखिममा छ ।
वीरेन्द्रनगर उपत्यकामा रहेका खोर्के खोला, झुप्राखोला, नेवारेखोला र इत्राम खोलामा पानीको बहाव बड्नेक्रम जारी नै छ ।
वीरेन्द्रनगरमा बाढीबाट जोखिम हुने र ग्रामीण क्षेत्रमा पहिरको उच्च जोखिम रहेकोले सतर्क रहन आग्रह गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बाढी र पहिरोबाट अहिलेसम्म कुनैपनि मानवीय क्षति भने नभएको उनले बताए ।
संवाददाता । शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित