सुर्खेत । सुर्खेतकाे गुर्भाकाेटमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएकाे छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बिहीबारदेखि कार्यालय सञ्चालनमा आएकाे हाे।
सुर्खेत प्रतिनिधि सभा क्षेत्र नं. १ काे कार्यलयका रुपमा नगरपालिकाकाे मालपोत भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत उपेन्द्र खनालले जानकारी दिए।
उक्त कार्यालयले प्रतिनिधि सभाकाे १ र प्रदेश सभाका २ वटा निर्वाचन क्षेत्रकाे निर्वाचन गराउने छ। गुर्भाकाेटमा कार्यालय स्थापना गर्दै प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले निर्वाचनलाई स्वच्छ, मर्याधित र शान्तिपूर्ण तरिकाले सम्पन्न गरिने वताए। त्यसका लागि सम्पुर्ण नागरिक समाज, सुरक्षा निकाय, मतदाता र सराेकारवालाहरुलाई सहयोग गर्न आग्रह समेत गरे।
जिल्लामा निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि विशेष सुरक्षा याेजना निर्माण गरेर काम भै रहेकाे प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए।
कार्यक्रममा सुर्खेत प्रहरी प्रमुख एसपी पदम बहादुर बिष्ट, सशस्त्र प्रहरी बलका एसपी विमल डाँगी, राजनीतिक दलका प्रतिनिधि र पत्रकारको उपस्थिति थियो।
संवाददाता । शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित