Karnali Media
२०८३ भदौ ३० , मंगलबार

सल्यानमा पहिरोमा परेर एक जनाको मृत्यु



सुर्खेत । सल्यानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ मार्केका १४ बर्षिय अजय बिकको पहिरोमा परेर मृत्यु भएको हो।

उनी शुक्रबार बेलुकीदेखी पहिरोमा परेर वेपत्ता भएका थिए। वेपत्ता अजयको सुरक्षाकर्मी, स्थानियले खोजी गर्ने क्रममा शनिबार विहान नेपाली सेनाको टोलीले शव फेला पारेको हो।


शबलाई पोस्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिबार