सुर्खेत । लगातारको अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको छ। कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग बन्द भएको हो।
कर्णाली राजमार्गअन्तर्गत दुल्लु नगरपालिका २ दरबारे भिरमा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर शाहले बताए। जसले गर्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
यस्तै राजमार्गअन्तर्गत धेरै ठाउँमा पहिरो गएको छ। राजमार्गअन्तर्गत कालीकोट खण्डको सुनारखोला, पिली, दुबारेढुङ्गा र राँचुलीमा गएको पहिरोले सडक अवरुद्ध भएकोले पहिरो पन्छाउने काम भइरहेको कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताए।
लगातारको वर्षाले कर्णाली कोरिडोरसमेत बन्द भएको छ। खहरे खोलामा पानी बढेपछि एक गाउँबाट अर्काे गाउँ जानसमेत समस्या भएको छ। पानीले अन्नबालीमा क्षति गरेको छ।
देशका विभिन्न भागमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु
संवाददाता । शनिबार, असोज २२, २०७९ मा प्रकाशित