सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभातर्फ मन्त्री शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी मनोनयनको दिन आइतवार रुकुम पश्चिम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीसँगै प्रदेशसभा -१ को लागि महेन्द्र केसी र प्रदेशसभा-२ को लागि राजकुमार शर्माको उम्मेदवारी दर्ता भएको छ ।
संवाददाता । आइतबार, असोज २३, २०७९ मा प्रकाशित