Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दैलेख–२ मा एमालेले दर्ता गरायो उम्मेदवारी



सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएको छ। नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि लक्ष्मी पोखरेलले मनोनयन दर्ता गराएका छन्।

यस्तै, दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट तिलक प्रसाद रिजाल र ‘ख’ बाट बिनोद कुमार शाहले मनोनयन दर्ता गराएका छन्।


दैलेखमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराउने क्रम जारी रहेको छ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतबार