Karnali Media
२०८३ भदौ ३० , मंगलबार

कालीकोटमा मलामी गएका वडाअध्यक्ष सहित १५ जना बेपत्ता



सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिका-३ राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएका छन्। शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन्।

मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीयहरु बताउँछन्।


कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको बताए।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमबार