कालीकाेट । कालीकाेटकाे सान्नी त्रिवेणी गाउँपालिकामा पहिराेमा परि एक जनाकाे ज्यान गएकाे छ । डाडुके खाेलामा माथिबाट खसेकाे पहिराेमा पुरिएर सान्नी त्रिवेणी ८ का १६ वर्षीय कबुल केसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै पहिराेमा परेर सान्नी त्रिवेणीकै मुम्रा गाउँकी २३ वर्षीया सविता केसी र २४ वर्षीया कल्पना केसी घाइते भएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
खाेलाले बगाउँदा प्रहरी जवान बेपत्ता
यसैबीच खाडाचक्र नगरपालिका ८ काे सेरावाडा खोलाले बगाउँदा एक प्रहरी जवान बेपत्ता भएका छन् ।
खाेलाले बगाउँदा जुम्ला तातोपानी गाउँपालिका घर भइ कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत प्रहरी जवान पदम रावत बेपत्ता भएको जानकारी प्राप्त भएकाे त्यही गणमा कार्यरत प्रहरी नायब निरीक्षक विष्णुप्रसाद सेजुवालले जानकारी दिए । त्यस गण क्षेत्रमा रहेकाे टाकुल्ला खोला बढेका कारण तर्न नसक्दा प्रहरी घटनास्थलमा जान सकेकाे छैन ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, असोज २४, २०७९ मा प्रकाशित