सुर्खेत, असोज २८ । निर्वाचनलाई निष्पक्ष बनाउन पत्रकारहरुले दिने सुचना र समाचार महत्वपूर्ण हुने भन्दै त्यही अनुसार रिपोर्टिंङ गर्न आफुहरु प्रतिवद्ध रहेक कर्णालीका पत्रकारहरुले बताएका छन ।
मिडिया एक्सन नेपालले अयोजना गरेको निर्वाचनको निष्पक्ष रिपोर्टिंङ सम्बन्धी एकदिने अविमुखिकरण तालिममा सहभागी भएका पत्रकाहरुले दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम गर्नेगरी सुचना र समाचार पस्कीने प्रतिबद्धता जनाएका हुन् ।
पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले अभिमुखीकरण कार्यक्रमले निर्वाचनको बेला पत्रकाहरुलाई रिपोर्टिङ र समाचार तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकाछन् ।
यस्तै, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनको समयमा पत्रकारहरुले गर्न हुने र नहुने क्रियाकलापहरुको बारेमा जानकारी दिएका थिए ।
पत्रकारले जहिले पनि समाजमा हिंसा नफैलिनेगरी सुचना र समाचार दिनुपर्ने भन्दै त्यसको लागि पत्रकार आचारसहिंता र कानुनी व्यवस्थालाई ख्याल गर्न पन्तले सुझाव दिएका छन् ।
अभिमुखीकरण तालिममा कर्णालीका विभिन्न संचारमाध्यममा कार्यरत २० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
संवाददाता । शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित