Karnali Media
२०८३ भदौ ३० , मंगलबार

सुर्खेतमा बैंकहरुको चर्को व्याजदरका विरुद्ध विरोध प्रदर्शन (तस्बिरहरु)



सुर्खेत। बैंकहरुले लिएको चर्को व्याजदरका विरुद्ध आज बिहिवार बिभिन्न ब्यबसायिक संघ-संस्थाहरुले सुर्खेतको वीरेन्द्रनगर विरोध प्रदर्शन गरेका छन्। बिहानैबाट बजार बन्दको आव्हान गरेका व्यावसायिकले र्‍याली निकाल्दै जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। सुर्खेत उद्योग बाणिज्य संघमा बसेको ब्यबसायिक संघ संस्थाहरुका बैठकले बिज्ञप्ती जारि गर्दै विभिन्न आन्दोलनको आव्हान गरेको हो।

आज वीरेन्द्रनगरका व्यापार व्यावसायीहरुले आफ्नो व्यापार बन्द गरेर आन्दोलन गरेका छन्। हिजो गठन भएको सयुक्त संघर्ष समितिसमेत ऋणीहरूलाई त्रैमासिककाे ब्याज तथा किस्ता नबुझाउन आग्रह समेत गरेको छ ।


तस्बिरहरु :

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार