Karnali Media
२०८३ असार २ , मंगलबार

१३ वर्षीय निश्चलले मानवसेवा आश्रममा मनाए जन्मदिन



सुर्खेत, असोज २८ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० निवासी निश्चल खनालले आफ्नो १३ औं जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् ।

आफ्नो परिवारका साथ शुक्रबार आश्रम पुगेका खनालले चामल, तेल,स्याउ, चाउचाउ, साबुन, आलु, दाल, तरकारी, नून खाद्यान्न लगाएत नगद ५ हजार १ सय ५ रुपैयाँ आश्रमका कर्मचारीलाई हस्तान्तरण गरेका छन् ।

‘जसलाई आवश्यक छ, उसैसंग खुशी बाँडौं’ भन्ने सोचका साथ आफ्नो जन्मदिनको अवसरमा अन्य खर्च नगरी मानव सेवा आश्रमलाई सहयोग गरेको खनाल वताउछ्न् ।

उनले आफ्नो जन्मदिन आश्रममा रहेका सहयोगापेक्षीहरुसँग जन्मदिन मनाएर खुसी बनाउने चाहना पूरा भएको बताउछन् ।


खनालसंगै आश्रम पुगेका उनका बुवा मोति खनालले छोराको जन्मदिनमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग गर्दा छोराको जन्मदिन मनाएको सार्थक भएको बताउदै शुभकामना ब्यक्त गरे ।

 

 

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार