Karnali Media
२०८३ असार ३ , बुधबार

सुर्खेतका व्यवसायीले चर्काे ब्याज लिएको भन्दै गरे ‘बैंक धर्ना’



सुर्खेत । चर्काे ब्याजदर बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका सुर्खेतका व्यापारी व्यवसायीहरुले सोमबार बैंकहरुमा धर्ना दिएका छन् । बैंकहरुले आफूखुशी व्याजदर बृद्धि गरेको भन्दै आन्दोलित बनेका व्यापारी/व्यवसायीहरुले बैंकमा धर्ना दिएका हुन् ।

सोमबार व्यावसायिहरुले सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना छन्। चरमबद्ध आन्दोलनमा उत्रिएका व्यावसायिकहरुले हिजो गरेको बैंक बहिष्कार कार्यक्रमलाई आज सोमबार पनि निरन्तरता दिएजो संघर्ष समितिको निर्णय छ । उक्त कार्यक्रम अन्तर्गत व्यवसायीहरुले बैंकिङ कारोबारमा सहभागी नहुने बताएका छन् । साथै संघर्ष समितिले बैंकका शाखा प्रमुखहरुलाई भेटेर आफ्ना माग बारे जानकारी समेत गराएको संयोजक लक्ष्मण कंडेलले बताए । संघर्ष समितिले असोज महिनाको ब्याज र किस्ता नतिर्न पनि सबैलाई आह्वान गरको छ ।


कर्जाको व्याजदर ९ प्रतिशत भन्दा कम हुनुपर्ने, कर्जा प्रवाह गर्दा बैंकहरुले विभिन्न शिर्षकमा सेवा शुल्क लिन नहुने, पूरानो चालु पुँजी कर्जा निर्देशिकालाई कायम राखि नयाँ निर्देशिकालाई क्रमिक रुपमा लागू गर्नुपर्ने, धितो लिलामी प्रक्रिया २०७९ चैत सम्म कायम राख्नुपर्ने साथै राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने माग व्यवसायीहरुको छ । माग पूरा नभएसम्म चरणबन्द आन्दोलन जारी राख्ने संघर्ष समितिले जनाएको छ ।

तस्बिरहरु:

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार