दैलेख । दैलेखमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजना र जिल्ला शाखा दैलेखको समन्वयमा ईच परियोजना अन्तर्गत भएको क्यार्डे तालिम आज सम्पन्न भएको हो ।
स्थानीय स्तरमा हुने विभिन्न विपद्को समयमा यसको व्यवस्थापन गर्ने जनशक्ति उत्पादन गर्न विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम भएको हो । दैलेख बजारमा शनिबारबाट चार दिन भएको कार्यक्रमबाट स्थानीय युवाहरुले विपदको समयमा खोज तथा उद्दार कसरी गर्ने, भुकम्प, डुबानमा परेका व्यक्तिहरुको उद्दार कसरी गर्ने ? भन्ने बारे तालिम लिएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर शाह लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेष बहादुर थापा र रेडक्रसका विभिन्न प्रतिनिधिको उपस्थिति रहेको थियो । रेडक्रस सोसाइटी दैलेखका अध्यक्ष खेमराज केसीले अध्यक्षता गरेको उक्त कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका प्रोग्राम संयोजक अभिषेक ओझाले गरेका थिए ।विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम लिएका जनशक्तिले स्थानिय स्तरमा हुने बिभिन्न विपद्को बेला विपद व्यवस्थापन गर्न सहयोग पुर्याउनेछन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित