Karnali Media
२०८३ जेठ २५ , सोमबार

दैलेखमा करेन्ट लाग्दा बालिकाको मृत्यु



दैलेख । दैलेखको गुराँस गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लाग्दा गुराँस गाउँपालिका वडा नम्बर ४ की १३ वर्षीया दीपिका नेपाली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

गुराँस गाउँपालिका–२ को गयलसेना भन्न्ने ठाउँमा बाटोमा लत्रिएको तारबाट उनलाई करेन्ट लागेको दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको छ ।


प्रकाशित मिति : २०७९ कात्तिक २ गते बुधबार