नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् ।
उनीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ । ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ उनले भनेका छन् । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो २ बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।
नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए ।
संवाददाता । शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित