सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै देउसी भैलो सञ्चालन गर्न अनुरोध गरेको छ ।
प्रशासनले तिहारको समयमा कानुन विपरीतका अवाञ्छित गतिविधि नहुने गरी मात्रै देउसी भैलो, नाचगान गर्न आग्रह समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यो समयमा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न समेत आग्रह गरे । रिजालले सूचनाको अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरे ।
संवाददाता । शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित