Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कर्णाली खेलकुदमा पुर्वाधारको अभाव

आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुँदै, पुर्वाधारहरुको अभाव, प्रतियोगिता आयोजना गर्न सक्षम रहेको प्रदेश सरकारको भनाई


सुर्खेत, असोज ५ । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गरिने भएको छ । त्यसका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा कर्णालीले उचाल्ने भएको हो । दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको २०८१ मा कर्णालीमा आयोजना गरिने छ ।

तर कर्णालीमा भनेअनुसारको पूर्वाधारहरु भने छैनन । खेलकुद महासंग्राम मानिने राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नको लागि गतिला संरचना नभएको सरोकारवालाहरु बताउछन । प्रदेश राजधानी सुर्खेतमा रंगशाला निर्माण भइरहेको भएपनि पर्याप्त खेल मैदानहरु नभएको भन्दै त्यतातर्फ सरकारले ध्यान दिनुपर्ने उनिहरुको भनाई छ ।

यता, प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब विश्वामित्र संज्यालले भने आगामी प्रतियोगिताका लागि पूर्वाधारको आवश्यक पर्ने भएकाले खेल पूर्वाधारको विकासमा जोड दिइएको बताए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर प्रदेश गौरवको रंगशाला निर्माणको कामलाई तीव्र पारिएको भन्दै उनले तोकिएको मिति भन्दा ६ महिना अगाडि नै सम्पन्न गर्नेगरी लागेको बताए।

सचिब संज्यालका अनूसार धेरैजसो खेल सुर्खेतमा नै गर्ने तयारी भएको र अन्य जिल्लाहरुमा पनि संम्भव भएका खेलहरु अन्य जिल्लामा पूर्वाधार निर्माणका काम अघि बढाइनेछ ।


प्रतियोगिता सञ्चालनका गर्न कुनै चुनौती नभएपनि बसोबासको व्यावस्थापनमा केही चुनौति रहेको भन्दै बसोबासका लागि स्थानीय सरकार, प्रदेश सरकार र होटल व्यावसायीकहरुसँग छलफल गर्ने सचिब संज्यालले बताए ।

यस्तै, उनले कर्णाली प्रदेश नतिजाको तालिकामा यो पटक पनि पुछारमै देखिएपनि विगतका वर्षहरू भन्दा केही सुधार भने भएको बताए ।

आठौ राष्ट्रिय खेलकुदमा १८ वटा खेलमा सहभागीता जनाएको कर्णाली प्रदेशले नवौँमा भने ३० वटा खेलमा सहभागिता जनाएको छ ।

उनले यसपालि कर्णाली प्रदेशले १६ वटा पदक हात पारेको बताए । गएका वर्षहरूभन्दा खेलकुदको नजितामा क्रमिक सुधार हुदै गएको भन्दै सचिब संज्याले नवौँ खेलकुदबाट केही सिकाइ भएको र १० औँमा अपेक्षा अनूसारको नतिजा ल्याउनेगरी लाग्ने बताए ।

प्रकाशित मिति : २०७९ कात्तिक ५ गते शनिबार