सुर्खेत । हिन्दु धर्मावलम्बिहरुको महान चाड तिहार पर्व २०७९, छठ पर्व र नेपाल सम्वत ११४३ को पावन अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले शुभकामना सन्देश दिनुभएको छ ।
आज एक सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य दीर्घायु र कामना व्यक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख परियारले शुभकामनामा सन्देश दिदै भन्नुभएका छ, “यमपञ्चकको पाँच दिनसम्म मनाईने यस पर्वमा पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरुप प्रत्येक नेपालीको घरघरमा काग तिहारको दिनबाट शुरू भएर क्रमशः कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार एवं गोवर्धन पूजा र भाइटीका लगाउने परम्परा रहि आएको छ । तिहारको अन्तिम दिन मनाईने भाईटीका पर्वले दाजुभाई दिदिबहिनीका बिचमा आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।”
यस पर्वको अभिन्न अंगको रुपमा रहेको देउसी भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वास लिएको छु । प्रद्रेश प्रमुख परियारले भन्नुभएको छ ।
प्रदेश प्रमुख परियारले सामाजीक–सांस्कृतिक तथा पारीवारीक सद्भावको पर्व तिहारले सम्पूर्ण नेपालीहरु बीच आपसी सद्भाव, सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वासका व्यक्त गर्नुभएको छ ।
संवाददाता । बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित