सुर्खेत, कार्तिक १२ । कालीकोटमा विस्फोट वस्तु पड्किँदा दुई जना बालिकाको मृत्यु भएको छ । तीन बालबालिका जना घाइते भएका छन् ।
शनिबार बिहान कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा विस्फोट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाको मृत्यु भएको हो ।
विस्फोटमा परि सोही स्थानका पाँच जना बालकालिका मध्ये चार जना घाइते र ४ वर्षीय बालिका झरना थापाको घटना स्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका सात वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा, तीन वर्षकी सपना थापा तथा चार वर्षकी सरस्वती रानालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
भएको बम विस्फोटमा घाइते बालिका सरस्वती रानाको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रजिअ शर्माको भनाई छ ।
उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरीले जनाएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित