Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेतमा पिकनिक गएका दुई युवक भेरी नदिमा बेपत्ता



सुर्खेतमा वनभोज गएका दुई युवक बेपत्ता भएका छन्। शनिबार दिउँसो भेरीगंगा नगरपालिका २ सत्तरी नजिकै पिकनिक गएका १८ वर्षीय युवकहरु भेरी नदीमा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो साढे १ बजे वनभोजकै क्रममा पौडी खेल्न गएका वीरेन्द्रनगर-३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी बेपत्ता भएका हुन्।


उनीहरू भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए। पौडी खेल्ने क्रममा बेपत्ता भएपछि बेपत्ता भएकाहरूको प्रहरी र सशस्त्र प्रहरी बलका ४ जना गाेताखाेरद्वारा खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १२ गते शनिबार