Karnali Media
२०८३ साउन १९ , मंगलबार

दैलेख -२ का उम्मेदवारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न 



दैलेख क्षेत्र नं २ बाट प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तर्फका उम्मेदवार सँग युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दुल्लु नगरपालिका -७ किर्तिखम्बमा आईतवार सम्पन्न भएको थियो ।

प्रदेश र प्रतिनिधिसभा उम्मेदवारहरुले दैलेखको विकासमा के कस्ता भुमिका खेल्न सक्छन् र युवाहरुका लागि के कस्ता योजनाहरु छन् भन्ने बिषयमा कार्यक्रम केन्द्रित रहेको थियो। उम्मेदवारहरुले आफ्ना योजना तथा विचारहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा नेमकिपाका प्रतिनिधिसभा उम्मेदवार केशेन्द्रप्रकाश कार्की, नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बखत भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रराज गिरीले आफ्ना धारणा र युवाहरुको प्रश्नको जवाफ दिएका थिए।


कार्यक्रमको आयोजना सामाजिक अभियान्ता महेन्द्र थापाले गरेका थिए । कार्यक्रममा उम्मेदवारहरुलाई युवाहरुले त्यस क्षेत्रका विभिन्न समस्याहरु सहित प्रश्न गरेका थिए ।

प्रकाशित मिति : २०७९ कात्तिक १४ गते सोमबार