दैलेख । सिभिल प्रहरी हुँ भन्दै पैसा असुल गर्ने र बोलेरो जीप चालकहरूलाई गाली र हैरानी दिने एक जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको नारायण नगरपालिका वडा नम्बर ६ बस्ने २४ बर्षीया अनुपम आचार्य रहेको प्रहरीले जनाएको छ। नारायण नगरपालिका ३ खुर्सानीबारीमा बोलेरो चालहरुबाट पैसा असुल्दै र गाली हैरानी गरेको भन्ने खबरका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिई गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनले चालकहरु माथी अभद्र व्यवहार गरि हैरानी दिएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित