सुर्खेत । मंसिर ४ मा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचनको लागि कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्र छापिएका छन्।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनको लागि १ करोड ९८ लाख ७१ हजार मतपत्र छापिएका छन् । यस्तै, प्रदेशसभा सदस्यको प्रत्यक्षको लागि १ करोड ९९ लाख १८ हजार ५०० मतपत्र छापिएका छन् ।
प्रतिनिधिसभा सदस्य तर्फ समानुपातिक निर्वाचनका लागि २ करोड ४ लाख २१ हजार र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचनका लागि २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको छ ।
संवाददाता । शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित