Karnali Media
२०८३ असार २ , मंगलबार

योगदान राष्ट्रको लागि दैलेखको अध्यक्षमा रिजाल



दैलेख । योगदान राष्ट्रको लागि दैलेखको अध्यक्षमा लोक प्रसाद रिजाल चयन भएका छन् । शनिबार भएको कार्यसमितिको दोस्रो पुनर्गठन कार्यक्रमबाट रिजाल अध्यक्ष बनेका हुन् ।

योगदान राष्ट्रका लागि दैलेखले आयोजना गरेको कार्यसमिति पुनर्गठन कार्यक्रमबाट अध्यक्ष निर्वाचित भएपछी कार्यक्रममा बोल्दै लोक प्रसाद रिजालले आफ्नो कार्यकालमा योगदान राष्ट्रका लागि दैलेखबाट विभिन्न कार्यक्रम गर्दै समाजमा महत्वपूर्ण सहयोग पुर्याउने बताए।


योगदान राष्ट्रका लागिले प्राथमिक उपचार सम्बन्धि बिभिन्न कार्यक्रम गर्ने गर्दछ । यस संस्थाबाट प्राथमिक उपचार सम्बन्धि तालिम दिने र प्राथमिक उपचार सम्बन्धि तालिम प्राप्त स्वयसेवीहरु उत्पादन गर्ने गर्दछ ।

प्रकाशित मिति : २०७९ कात्तिक १९ गते शनिबार