सुर्खेत । बालबालीकाको क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगराउन राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।
आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रममा बालबालिकालाई सहभागी नगराउन, उनीहरुको शिक्षामा कुनै असर नपु¥याउन तर्फ सचेत रहन पनि बाल अधिकारकर्मीहरुले सचेत गराएको हुन् ।
महिला तथा बालबालिकाको क्षेत्रमा कामगर्दै आएको आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले अनूगमनका क्रममा बालबालिकाको प्रयोग नगर्ने विषयमा विभिन्न राजनीतिक दलहरूले लिखित प्रतिबद्धता नै जाहेर गर्ने गरेपनि व्यवहारमा भने बालबालिकालाई विभिन्न प्रलोभनमा निर्वाचनमा प्रयोग गर्ने गरेको बताइन् ।
यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले पनि अनूगमनका क्रममा कर्णालीका केही जिल्लाहरुमा निर्वाचन प्रचार ÷प्रसारमा बालबालीकाको प्रयोग र झड्पका घटनाहरु भएका पाइएको भन्दै आगामि दिनमा त्यस्ता घटना हुन नदिन सबै जिम्मेवार निकाय सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
यता, प्रमुख राजनितिक दलहरुले भने निर्वाचन आयोगले बालबालिकासम्बन्धी व्यवस्था गरेका प्रावधान र आचारसंहिता कार्यान्वयनबारे सचेत रहेको जनाएका छन् ।
नेकपा मओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले निर्वाचनमा बालबालीकाको प्रयोग प्रति आफ्नो पाटी सचेत रहेको बताइन् ।
नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद शाहले पाटिका कुनै पनि कार्यक्रम र निर्वाचन प्रचार÷प्रसारमा बालबालीकाको प्रयोग नगर्ने विषयमा आफ्नो पार्टी सजक भएको बताउछन् । अहिले निर्वाचन कार्यक्रममा आफु्खुसी आएका बालबालीकालाई पनि सचेत गराएको शाहको भनाई छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । आचारसहिंता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन २०७३ दफा २३ बमोजिम एक लाख रुपियाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्ने जनाएको छ । राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरू सार्वजनिक गर्दै, ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने’ आयोगले भनेको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित