Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेतमा भुकम्पको धक्का महसुस



सुर्खेत । मंगलबार साँझ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। डोटीलाई केन्द्रबिन्दु बनाएर राती ९:०७ मा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए ।


भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण छैन । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ ।

भूकम्पको धक्का सुदुर-पश्चिम , कर्णाली र लुम्बिनी प्रदेशमा महसुस भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र, नेपालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २२ गते मंगलबार