सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने अस्थायी मतदाताहरूका लागि कर्णालीमा १७ अस्थायी मतदान केन्द्र तोकिएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने मतदान प्रक्रियाका लागि अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजायँ पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिहरूले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने गरी संकलन गरेका अस्थायी मतदाताहरूले मतदान गर्ने गरी आयोगले कर्णालीका १० जिल्लाका लागि १७ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ।
रुकुम पश्चिममा बराह टाकुरा र रुकुम कारागार गरी २ स्थानमा मतदान केन्द्र तोकिएको छ । यस्तै सल्यानमा जिल्ला कारागार सल्यान अगाडिको खुल्ला चौर ‘क’, कारागार कार्यालय सल्यान र जिल्ला कारागार अगाडिको खुल्ला चौर ‘ख’ गरी ३ स्थानमा मतदान केन्द्र तोकिएको छ । मुगुको श्री महाकाली नमुना माद्यामिक विद्यालय श्रीनगर, कालिकोटको कारागार कार्यालय, हुम्लाको जिल्ला कारागार कार्यालय र जाजारकोटको कारागार कार्यालय गरी १–१ स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ । डोल्पाका २ स्थान कारागार कार्यालय स जिल्ला समन्वय समितीको कार्यालय यस्तै जुम्लाको जिल्ला कारागार कार्यालय र साल्ट ट्रेनिङ्ग कम्पनि लिमिटेडको कार्यालय साथै दैलेखको जनता आधारभुत विद्यालय र कारागार कार्यालय र सुर्खेतको कारागार कार्यालय र जिल्ला समन्वय समितीको कार्यालय सुर्खेत गरी कर्णालीमा १७ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
२०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो । मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवे छस्था मिलाएका । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदान







जगत सापकोटा । शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित