Karnali Media
२०८३ असार ९ , मंगलबार

भोली दुल्लुमा हुने बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने



दैलेख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार दैलेखको दुल्लुमा हुने बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनले दैलेखको दुल्लुमा आयोजना गरेको चुनावी सभालाई कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकिकृत समाजवादीका बेदुराम भुसाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बाम लोकतान्त्रिक गठबन्धन दैलेख क्षेत्र नं. २ चुनाव प्रचारप्रसार समितीले जानकारी दिएको छ ।


दैलेख क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा कांगे्रसका दिक्पाल शाही, प्रदेश सभा ‘क’ मा घनश्याम भण्डारी र प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका नेता योगेन्द्र शाही उम्मेदवार रहेका छन् ।

 

प्रकाशित मिति : २०७९ कात्तिक २८ गते सोमबार