Karnali Media
२०८३ भदौ १४ , आइतबार

बुद्ध एयरको ७२ सिट क्षमताको विमानले पौषबाट सुर्खेत काठमाडौं उडान भर्ने



सुर्खेत । बुद्ध एयरको ७२ सिट क्षमताको विमानले पौषबाट सुर्खेत सुर्खेत काठमाडौं नियमित उडान भर्ने भएको छ । भाडादर ७ हजार ५ सय रहने बुद्ध एअरले प्रेश विज्ञप्ती मार्फत जानकारी दिएको छ

आज बुद्ध एयरको एटिआर ७२ विमानको सफल अवतरण समेत भएको हो। नागरिक उड्डयान प्राधिकरणको सहयोग र सहकार्यमा एटिआर ७२ बिमानले आजदेखि सुर्खेत बिमानस्थलबाट नियमित उडान भर्ने विज्ञप्तीमा उल्लेख छ । साथै डिसेम्बर भित्र थप दुईवटा एटिआर ७२ जहाज समेत बुद्धले एअरले ल्याउन लागेको जानकारी विज्ञप्तीमार्फत दिएको हो ।लामो समयदेखी सुर्खेत विमानस्थलबाट १८ सिटेहुँदै ४७ सिटे बुद्धको जहाजले नियमित उडान भरीरहेको थियो । तर भाडादर महंगो भएकोले भाडादर घटाउनुपर्ने वा ७२ सिटे जहाज सञ्चालन गर्नुपर्ने स्थानियहरुले माग राख्दै आएका थिए ।


सुर्खेत विमास्थलबाट भाडादर मंहगो भएपछि सुर्खेत लगाएत कर्णालीका अधिकाँश नागरिक नेपालगञ्जबाट उडान भर्न बाध्य थिए । यसै विषयमा सुर्खेत उद्योग बाणीज्य संघले सुर्खेतमा ७२ सिटे विमानको उडान हुनुपर्ने वा भाडादर घटाउनुपर्ने विषयमा लामो समयदेखी कुरा उठाउँदै आएको थियो ।

प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार