दैलेख । जिल्लाभर आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपुर्ण तवरले संचालन भैरहेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान कार्य जारी छ ।
मतदानलाई शान्तिपुर्ण सम्पन्न गर्न जिल्लामा सुरक्षा निगरानी पनि कडा पारिएको छ । अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतदाताले मतदान गरिरहेको दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद शाहले बताए ।
दुई संघीय निर्वाचन क्षेत्र, ४ प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कूल मतदानस्थल २ सय ७ र मतदान केन्द्र १ सय ३९ रहेका छन् । संघीय निर्वाचन क्षेत्र नं. १ मा पुरुष मतदातातर्फ ३८ हजार ९ सय ४४ महिलातर्फ ३९ हजार ३ सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं. १ मा ७३ मतदान स्थल र १ सय ३ वटा मतदान केन्द्र रहेका छन् ।
यसैगरी दैलेख क्षेत्र नं. २ मा पुरुषतर्फ ४० हजार ५ सय ७६, महिलातर्फ ४० हजार १ सय गरी ८० हजार ६ सय ७६ मतदाता रहेका छन् । यस क्षेत्रमा ६६ मतदान स्थल र १ सय ४ वटा मतदान केन्द्र रहेका निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
संवाददाता । आइतबार, मङि्सर ०४, २०७९ मा प्रकाशित