काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै विजयी भएका हुन् ।
भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित