सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित भएका छन् । थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजयी भएका हुन् । ।निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृत बहादुर बुढाक्षेत्री पाँच हजार ६७ मतान्तरले पराजित गर्दै थानी विजय भएका हुन् । बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरेका छन् ।
सुर्खेत-२ मा कुल ७६ हजार ३५२ मत खसेको थियो ।
२०७४ को निर्वाचनमा पराजित भएका थानीले यसपटक फराकिलो अन्तरमा विजय भएका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिबी निवारण मन्त्री भइसकेका हुन् ।
संवाददाता । बुधबार, मङि्सर ०७, २०७९ मा प्रकाशित