Karnali Media
२०८३ जेठ २७ , बुधबार

सुर्खेत निर्वाचन क्षेत्र २ प्रदेश सभा (ख) मा विन्दमान विष्ट विजयी



सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् ।
उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका छन् ।

३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत प्राप्त गरि विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ ।


विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २ सय १४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार