सुर्खेत । निर्वाचनमा खटिएका म्यादी प्रहरीहरुलाई बिहिवार सुर्खेतमा म्यादी प्रहरीहरुको विदाई गरिएको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुर्खेतका बिभिन्न स्थानमा खटिएका १ हजार ४१७ जना म्यादी प्रहरीहरुलाई निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रमाणपत्र प्रदान सहित विदाई गरिएको हो ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न पार्न म्यादी प्रहरीहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले भने, ‘सुर्खेतमा निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न रात दिन नभनी गर्नुभएको कामको उच्च मुल्याङ्कन र प्रसंसा गर्न चाहान्छु ।’ यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक पदम बहादुर बिष्टले म्यादी प्रहरीले गरेको काम र अनुशासनको प्रसंसा गर्दै भने, ‘तपाईहरुले पाएको प्रमाणपत्रले धेरै ठाउँमा काम गर्दछ । म चाहान्छु तपाईहरु हाम्रो संगठनमा आउनुस जसका लागि तपाईहरुले बिभिन्न चरण पास गर्नुपर्ने हुन्छ ।’ यस्तै उनले सबैलाई सफलताको सुभकामना दिदै बर्दी बिनाको प्रहरी बनिरहन पनि आग्रह गरे ।
यस्तै, रक्तकाली गण सुर्खेतका गणपती बिमल डाङ्गीले निर्वाचनका बेला म्यादी प्रहरीले गरेको कामको प्रसंसा गरे उनले सबैलाई सुभकामना दिदै समाजको सुरक्षाका निमित्त सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग पुराउन पनि अनुरोध गरे ।कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा प्रसाद चालिसे, नयाँ सबुज गण कपासेका प्रमुख सेनानी रुपक थापा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
तस्बिरहरु :
संवाददाता । बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित