सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा कुल बजेटको सात दशमलव ६७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार बजेट ल्याएकोमा पहिलो चौमासिकमा दुइ अर्ब ५० करोड दुइ लाख दुई हजार १०३ रुपैंया मात्रै खर्च भएको हो ।
चालुतर्फ १३ अर्ब १८ करोड ५६ लाख ३८ हजार वजेट विनियोजन गरिएकोमा १ अर्ब ४६ करोड ३६ लाख ६३ हजार ६०५ अर्थात ११ दशमलव दश प्रतिशत बजेट खर्च भएको हो । यस्तै, पुंजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार विनियोजन भएकोमा उत्तः बजेटको पाँच दशमलव अर्थात ३३ प्रतिशत मात्रै खर्च भएको छ ।
पुंजीगततर्फ एक अर्ब तीन करोड ६५ लाख ३८ हजार ४९९ रुपैंया खर्च भएको हो ।
संवाददाता । बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित