सुर्खेत । पछिल्लो समय निर्वाचनमा युवा पुस्ताको प्रतिनिधित्त्वको कुरा देशभर प्राथमिकताका साथ उठेपनि कर्णाली प्रदेशको चुनावी परिणाममा भने यस्तो देखिएन । कर्णाली प्रदेशको मतपरिणाम अनुसार प्रत्यक्षतर्फ प्रदेश सभाका २४ निर्वाचन क्षेत्रमा १ जना मात्र ४० बर्ष मुनिका सांसद निर्वाचित भएका छन् ।
यस्तै ६० बर्ष माथिका ३ जना निर्वाचित भएका छन् । सबैभन्दा धेरै ४०—५९ बर्ष उमेर समुहमा २० सांसद निर्वाचित भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीती २०७२ ले १६—४० बर्षलाई युवा उमेर समुह निर्धारण गरेको छ ।
मत परिणामअनुसर ४० बर्षमुनिको उमेर समुहबाट दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट निर्वाचित ३९ बर्षिया सांसद घनश्याम भण्डारी रहेका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका भण्डारीले १० हजार ८ सय २२ मत प्राप्त गरि निर्वाचित भएका थिए ।
६० माथिका कणाली प्रदेश सभा सांसद
यसैगरी कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फ ६० माथिका ३ जना सांसद निर्वाचित भएका छन् । निर्वाचित हुनेमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित ६६ बर्षिया सांसद विनोद कुमार शाह, कालिकोट प्रदेश सभा (ख) बाट निर्वाचित ६३ बर्षिया हिक्मत बहादुर बिष्ट र सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट निर्वाचित ६० बर्षिया सांसद यामलाल कंडेल रहेका छन् । शाह र कंडेल नेकपा एमालेबाट निर्वाचित सांसद हुन भने बिष्ट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।
यस्तो छ, कर्णाली प्रदेश सभामा निर्वाचित सांसदहरुको उमेरगत समुह :
४० बर्ष भन्दा कम
दैलेख–२ ‘क’ घनश्याम भण्डारी (नेपाली कांग्रेस) : ३९ बर्ष
४०—५९ बर्ष सम्म
जाजारकोट–१ ‘क’ बेद राज सिंह (नेपाली कांग्रेस) : ४२ बर्ष
जुम्ला–२ ‘ख’ टेक राज पछाई (नेकपा एमाले) : ४२ बर्ष
सुर्खेत–२ ‘ख’ बिन्द मान बिष्ट (नेकपा माओवादी केन्द्र) : ४३ बर्ष
सुर्खेत–१ ‘ख’ कुष्ण बहादुर जिसी (नेकपा माओवादी केन्द्र) : ४३ बर्ष
हुम्ला–१ ‘क’ रन सिंह परियार (नेकपा माओवादी केन्द्र) : ४५ बर्ष
डोल्पा–१ ‘क’ शेर बहादुर बुढा (नेकपा एमाले) : ४५ बर्ष
रुकुम पश्चिम–१ ‘क’ महेन्द्र केसी (नेकपा माओवादी केन्द्र) : ४९ बर्ष
रुकुम पश्चिम–१ ‘ख’ राज कुमार शर्मा (नेकपा माओवादी केन्द्र) : ५१ बर्ष
मुगु–१ ‘क’ जित बहादुर मल्ल (नेकपा एमाले) : ५२ बर्ष
कालिकोट–१ ‘क’ दुर्ग बहादुर रावत (नेकपा माओवादी केन्द्र) : ५३ बर्ष
सल्यान–१ ‘ख’ सुरेश अधिकारी (नेपाली कांग्रेस) : ५३ बर्ष
जाजारकोट–१ ‘ख’ राजिब बिक्रम शाह (नेपाली कांग्रेस) : ५४ बर्ष
मुगु–२ ‘ख’ मंगल बहादुर शाही (नेकपा माओवादी केन्द्र) : ५४ बर्ष
दैलेख–१ ‘क’ पूर्ण बहादुर खत्री (नेपाली कांग्रेस) : ५५ बर्ष
डोल्पा–१ ‘ख’ बिर बहादुर शाही (नेकपा माओवादी केन्द्र) : ५५ बर्ष
हुम्ला–१ ‘ख’ जिवन बहादुर शाही (नेपाली कांग्रेस) : ५७ बर्ष
दैलेख–१ ‘ख’ कृष्ण कुमार बि.सी (नेपाली कांग्रेस) : ५८ बर्ष
सल्यान–१ ‘क’ भिम प्रकाश शर्मा (नेकपा माओवादी केन्द्र) : ५८ बर्ष
सुर्खेत–१ ‘क’ खड्क बहादुर पोखरेल (नेपाली कांग्रेस) : ५९ बर्ष
६० बर्ष भन्दा माथि
सुर्खेत–२ ‘क’ यामलाल कंडेल (नेकपा एमाले) : ६० बर्ष
कलिकोट–१ ‘ख’ हिक्मत बहादुर बिष्ट (नेपाली कांग्रेस) : ६३ बर्ष
दैलेख–२ ‘ख’ विनोद कुमार शाह (नेकपा एमाले) : ६६ बर्ष
जगत सापकोटा । आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित